रामेछापमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु



रामेछाप,असोज २० । रामेछापमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दोरम्बास्थित सानो शैलुङ्गमा ना ७ त ८७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दोरम्बा गाउँपालिका वडा नं ७ का २७ वर्षका पेमा लामा र ५५ वर्षका फुर्वा दोर्जे तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काभ्रेको जिरोकिलोबाट डिजेल लिएर रामेछापको दोरम्बाका लागि छुटेको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्