सुनसरी र चितवनमा पनि १/१ जना कोरोना संक्रमितको ज्यान गयो



काठमाडौं असोज २० । सुनसरी र चितवनमा पनि १/१ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको मंगलबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए ।

यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुष बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा आशिस श्रेष्ठले जानकारी दिए । मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्