नुवाकोटकी सोनिका तामाङले एकैपटक जन्माइन् ५ शिशु



काठमाडौं असोज १९ । नुवाकोटकी सोनिका तामाङले एकैपटक ५ शिशु जन्माएकी छन् । प्रसूति गृहमा थापाथलीमा २८ वर्षीया तामाङको गर्भबाट सोमबार बिहान शल्यक्रिया गरी ५ शिशु निकालिएको पारिवारिक स्रोतले जनाएको छ ।

चिकित्सक डा. किर्तिपाल सुवेदीले गर्भको आठ महिनामै सुत्केरी बेथा लागेपछि उनको आकिस्मक शल्यक्रिया गर्नु परेको बताए । उनले भने, ‘भर्ना हुँदा पेटमा चारवटा बच्चा छ एउटा मृत छ भनेर आउनु भएको थियो । शल्यक्रिया गर्दा मात्रै ५ वटा शिशु भएको थाहा भयो ।’

उनका अनुसार मृत शिशुका कारण अन्य जिवित शिशुलाई असर गर्ला भनेर महिलालाई एक महिनाअघि देखि नै अस्पताल भर्ना गरेर निगरानीमा राखिएको थियो । मृत शिशुबाट निस्कने खराब रसायन (डीआईसी)ले अन्य शिशुको वृद्धि विकासमा असर गर्ने या मृत्यु नै गराइदिने जोखिम थियो ।

गर्भको नौ महिना पुगेपछि शल्यक्रिया गरी सुत्केरी गराउने योजना थियो तर, सोमबार बिहान उनलाई बेथा लाग्यो । चिकित्सकले तुरुन्तै शल्यक्रयिा गरि सुत्केरी गराए । जन्मिएका सबै शिशु छोरी हुन् भने मृत छोरा थिए । उनको तौल सामान्य (२.३ केजी) भन्दा कम छ । १.८, १.९, १.६ र ८०० ग्रामका छन् ।

जिवित जन्मिएका तीन शिशुलाई अहिले अर्ब्जभेसनका लागि वार्डमा राखिएको छ भने कम तौललाई भने एनआईसीयू राखेर उपचार गरिएको डा. सुवेदीले बताए । आमाको स्वास्थ्य समान्य छ । एकैपटक चार सन्तान प्राप्त हुँदा बुवा हरिकुमार तामाङको अनुहारमा हर्ष र चिन्ता दुवै देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्