राष्ट्रिय कविता महोत्सव मङ्सिरमा गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानको निर्णय
काठमाडौं असोज १९ । नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिरको चौथो साता गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले स्थापना दिवसका अवसरमा हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सव कोरोना भाइरस रोकथामका कारण लागू बन्दाबन्दीका कारण स्थगन भएको थियो । भौतिक दूरी कायम गरी महोत्सव प्रज्ञा भवन, कमलादीमा आयोजना हुनेछ ।
प्रतिष्ठानको यही असोज १८ गते सम्पन्न प्राज्ञ परिषद्को बैठकले महोत्सवको पुरस्कार राशिसमेत वृद्धि गरी प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ४०
हजार र तृतीय हुने तीन जनालाई जनही ३० हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले जानकारी
दिए । यसअघि नगद पुरस्कारको राशि क्रमशः रु ३०, २५ र २० हजार थियो ।