गम्भीर प्रकृतिका संक्रमित संख्यामा वृद्धि
काठमाडौं,असोज १९ । आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या केही दिनयता देखि वृद्धि भएको छ । देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ३४ जना भेन्टिलेटर र २ सय २६ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।
आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी वाग्मती प्रदेशमा ११२ जना रहेका छन् । वाग्मतीकै २७ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । प्रदेश ५ मा ४४ जना आईसीयू र ६ जना भेन्टिलेटरमा छन् ।
प्रदेश १ मा २८ जना आईसीयू र १ जना भेन्टिलेटरमा र प्रदेश २ मा १७ आईसीयू उपचाररत छन् । सुदूरपश्चिममा ४ जना आईसीयू, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १५ आईसीयूमा उपचाररत रहेका छन् ।
यो खबर राजधानी दैनिकमा प्रकाशित छ ।