नुवाकोट समाज दक्षिण कोरियामा नयाँ नेतृत्व



सोल असोज १८ ।

नुवाकोट समाज दक्षिण कोरियाको सातौं अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

शनिबार ४ अक्टोबरमा जुमप्रविधिमार्फत सम्पन्न अधिवेशनले सुन्दरप्रसाद अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष सुन्दरप्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष रामकुमार गोतामे, उपाध्यक्षहरुमा टंक राना, मिलन तामाङ, सचिव जयराम ढुङ्गाना, सहसचिव रबिना श्रेष्ठ, कोषाध्यक्ष अभिनाश तामाङ र सहकोषाध्यक्ष शिवराम भट्टराई छन् ।

त्यस्तै सदस्यहरुमा सुरेश भट्ट, बाबुराम रिमाल, जुना गुरुङ र अर्जुन तामाङ चयन भएको समाजले जनाएको छ । .

प्रतिक्रिया दिनुहोस्