नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ५ सय ३५ पुग्यो
काठमाडौं असोज १८ ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र तीन पुरुष छन् ।
चितवनकी ५५ वर्षीय महिला, काठमाडौँका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरकी पाँच दिनकी बालिका, बाँकेकी २५ वर्षीया महिला र ६० वर्षीय पुरुष र कञ्चनपुरकी २९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ।