काठमाडौं उपत्यकामा १५ सय ९९ जना कोरोना संक्रमित थपिए
काठमाडौं असोज १८ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकमा १५९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी कुल १५९९ जनामा संक्तमण पुष्टि भएको बताए ।
जसअनुसार काठमाडौंमा ५०५ महिला र ८६८ पुरुष, ललितपुरमा ७९ महिला र १०८ पुरुष र भक्तपुरमा २० महिला र १९ पुरुष रहेका छन् । शनिबार काठमाडौंमा एक हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ गरी एक हजार १७७ कोरोना संक्रमित थपिएका थिए ।