नेप्से १५ अङ्कले बढ्यो, तीन अर्ब बढीको कारोबार



काठमाडौं असोज १८ ।

शेयर बजार परिसूचक नेप्से आइतबार झण्डै १५ अङ्कले बढेको छ ।

नेप्से १४ दशमलव ७१ अङ्कले बढेर १५ सय ८५ दशमलव ७६ अङ्कमा पुगेको छ । जलविद्युत् र सामूहिक लगानी कोषबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेको छ । सोमबार उत्पादन समूहको शेयर एक सय ४५ अङ्कले, जीवन बीमा समूहको ४५, निर्जीवन बीमा समूहको २४, विकास बैंकको २३ तथा बैंक र व्यापार समूहको शेयर १५ अङ्कका दरले बढेको छ ।

सोमबार एक सय ९३ कम्पनीका एक करोड दुई लाख ७४ हजार कित्ता शेयर तीन अर्ब चार करोड ४१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार कर्पोरेट विकास बैंक, शिवम् सिमेन्ट र प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैले कमाएका छन् । तर समग्र शेयर बजार बढे पनि युनियन, दिव्येश्वरी र खानीखोला जलविद्युत् कम्पनीका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्