डा.केसीको समर्थनमा चिकित्सकहरूको प्रदर्शन
काठमाडौं असोज १८ ।
२१ दिनदेखि अनशनरत डा.गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरूले प्रदर्शन गरेका छन्।
डा. केसीको स्वास्थ्य स्थिति बिग्रिँदै गएको र सरकारले कुनै वास्ता नगरेको भन्दै उनीहरु डाक्टर केसीले राखेका माग सम्बोधन गर्न दबाब दिन प्रदर्शनमा उत्रेका हुन् । चिकित्सकहरुले आइतबारदेखि दैनिक दुई घण्टा इमर्जेन्सी र कोभिड उपचार बाहेकका अन्य सेवा ठप्प गर्ने बताएका छन् ।
डा. केसी भदौ २९ गते जुम्लाको चन्दनाथ नगरपालिकाको बाबिरा मष्ट मन्दिरबाट १९ औँ अनशन सुरु गरेका हुन् । अनशनको २१औँ दिन पुग्दासम्म पनि सरकारले वार्ताका लागि कुनै पहल गरेको छैन ।