नुवाकोटमा थप आठ जनामा कोरोना संक्रमण, कुल संक्रमित १५० पुग्यो
नुवाकोट,असोज १८ । नुवाकोटमा बितेको २४ घण्टामा थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटका स्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरेले जनाएका छन्।
स्वास्थ्य प्रमुख घिमिरेका अनुसार थप आठ जना संक्रमितमध्ये तीन महिला र पाँच पुरुष रहेका छन् ।उनीहरु बेलकोटगढी नगरपालिकाका एक ६० वर्षिया महिला र विदुर नगरपालिकाका ३४ वर्षीया एक महिला त्यस्तै २१, ३१ र ३३ वर्षीय तीन पुरुष रहेको उल्लेख गरिएको छ ।
यस्तै, तारकेश्वर गाउँपालिकाका १५ वर्षिया एक महिला र २८ वर्षीय एक पुरुषमा पनि सङ्क्रमण देखिएको छ भने तादी गाउँपालिकाका ७७ वर्षीय एक वृद्धमा पनि सङ्क्रमण देखिएको छ ।
योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या नुवाकोटमा १ सय ५० पुगेको छ । नुवाकोटमा हालसम्म १ सय १९ जना कोरोना संक्रमित निको भइ घर फर्किसकेका छन् ।
हाल जिल्लास्थित त्रिशुली अस्पतालको आइसोलेसनमा १७ जना र खरानिटार अस्पतालमा १ जना उपचाररत रहेको बताइएको छ ।