नेपाली बजारमा सुनको मूल्य फेरी बढ्यो



काठमाडौं असोज १८ ।

नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ । आइतवार सुन तोलाको २ सय रूपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदी तोलाको १ हजार १ सय ८० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्