भक्तपुरमा एक किशोरीमाथी बसभित्रै सामुहिक बलात्कार
भक्तपुर असोज १८ ।
भक्तपुरमा एकजना १६ वर्षीया किशोरीलाई चालक सहित तीनजनाले बसभित्रै बलात्कार गरेका छन् ।
एकजना १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरुमा भक्तपुरको सूर्यविनायक बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका १० घर भएका २२ वर्षीय निरकुमार खड्कासहित ४ दुईजना रहेका छन् ।
दुवैजनालाई भक्तपुर प्रहरीले शनिबार राति पक्राउ गरेको हो । भक्तपुर नगरपालिका ८ कालाँचास्थित रोकी राखेको बा ३ ख २६१२ नम्बरको बसमा खड्कासहित ३ जनाले ती किशोरीलाई बलात्कार गरेको खुलेको छ।
बलात्कारको घटना थाहा पाउनेबित्तिकै महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बस चालक खड्कासमेत २ जनालाई पक्राउ गरेको हो । उक्त घटनामा संलग्न रहेर अर्का एकजनाको खोजी भइरहेको भक्तपुर प्रहरीले जानकार दिएको छ।