साताको पहिलो दिन सुनको मूल्य २ सय बढ्यो



काठमाडौं असोज १८ । साताको पहिलो दिन आइतबार तोलामा मूल्य २ सय रुपैयाँले बढेको छ ।

आइतबार सुनको कारोबार मूल्य ९४ हजार ५ सय रुपैयाँ प्रतितोला भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार २ सय रुपैयाँले घटेर सुन तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीमा ५ रुपैयाँ बढोत्तरी भएर तोलाको १ हजार १ सय ८० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार बिहान सुन प्रतिऔंस १८९९.६६ डलर र चाँदी प्रति‍औंस २३ ७० डलरमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्