प्रदेश ५ को राजधानी दाङलाई बनाउने प्रस्तावको विरोधमा कांग्रेसले आन्दोलन गर्ने
बुटवल असोज १७ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश नम्बर–५ को राजधानी दाङलाई बनाउने सरकारको प्रस्तावको विरोधमा आन्दोलनको घोषणा गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । कांग्रेसले सांसदहरुलाई प्रदेशसभा बैठकमा जानै नदिने गरी आन्दोलन गर्ने जनाएको छ । आइतबार रुपन्देही बन्द गरी बृहत् प्रदर्शन गर्ने निर्णय गरेको छ ।
शनिबार बुटवलमा बसेको पार्टीको बैठकले सरकारको प्रस्तावविरुद्ध आन्दोलनको कार्यक्रम तय गरेको हो । नेकपाले शुक्रबार दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेस गरेको छ । प्रस्तावमा यही असोज १९ गते छलफल गर्ने कार्यतालिका छ ।