राजधानी प्रस्तावसंगै दाङको विभिन्न क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक



दाङ,असोज १७ । प्रदेश ५ सरकारले राजधानी बनाउने निर्णय गरेको क्षेत्रमा जग्गा रोक्का राख्ने निर्णय गरेको छ।

दाङको राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २,३ र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को जग्गा रोक्का गर्ने निर्णय गरेको प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव भरतमणि सुवेदीले जानकारी दिए । ती क्षेत्रमा अर्को सूचना नआएसम्मका लागि जग्गा किनबेच र कित्ताकाट गर्न रोक्का गरेको सुवेदीले बताए । यसअघि प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश ५ को नाम लुम्बिनी प्रदेश र स्थायी मुकाम अर्थात् राजधानी दाङको भालुवाङलाई केन्द्रमा राखेर बनाउने प्रस्ताव पेस गरेका थिए । यो प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुङ्गो लाग्ने छ ।

शुक्रबार नै प्रदेश सरकारको मन्त्रिपरिषद्ले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती,गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्