कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५ सय २० पुग्यो



काठमाडौं असोज १६ ।

कोरोना संक्रमणबाट २४ घण्टाभित्र थप ११ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चारजना महिला र सातजना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसमेत देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या पाँच सय २० पुगेको छ ।

मृत्यु हुनेमा ललितपुरका दुई पुरुष, भक्तपुरका दुई महिला, बाँकेका दुई पुरुष छन् । त्यसैगरी मोरङ, मकवानपुर, रुपन्देहीका एक–एक पुरुषको निधन भएको छ ।

सुर्खेत र काठमाडौंका एक–एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्