काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै १ हजार ६ सय ३८ जना संक्रमित थपिए



काठमाडौं असोज १६ ।

काठमाडौँ उपत्यकामा शुक्रबार थप १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २ सय ८०, ललितपुरका १६२ तथा भक्तपुरका १९६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर अहिलेसम्मकै बढी २ हजार ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्