वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रक भिमफेदीमा स्टेरिङ फेल हुँदा खोलामा खस्यो



काठमाडौं,असोज १६ । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदीमा ट्रक दुर्घटना भएको छ।सो दुर्घटनामा परी ३ जना घाईते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ना ७ ख ४२५२ नंबरको ट्रक विरगंजबाट हेटौंडाहुँदै काठमाण्डौ आउँदै गर्दा भीमफेदी गाउँपालिका वडा नंबर १ स्थित सडक खण्डमा स्टरिङ फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बताए ।

प्रवक्ता रानाले भने,’काठमाण्डौ जाँदै गरेको ट्रक भीमफेदी १ स्थित स्टरिङ फेल हुँदा सडकबाट १५/२० मिटर तल खोलामा खस्दा ट्रकका चालक,सहचालक र अर्का एक ट्रकमा सवार गरी ३ जना सामान्य घाईते भएका छन् । उनिहरुको हेटौंडा अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।’

ट्रकमा खुद्रा सामानहरु रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्