आइपिएल: मुम्बई इण्डियन्सद्वारा किंग्स इलेभेन पञ्जाब पराजित



एजेन्सी,असोज १६ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले किंग्स इलेभेन पञ्जाबलाई ४८ रनले हराएको छ । मुम्बईले दिएको १९२ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन मात्र बनाएपछि खेल ४८ रनले हारेको हो ।

निकोलस पुरनले पञ्जाबका लागि सर्बाधिक ४४ रन बनाए भने मयंक अग्रवालले २५, कृष्नाप्पा गोवथमले अविजित २२ तथा केएल राहुलले १७ रन बनाए । मुम्बईका बलर राहुल चहर, जसप्रित बुमराह र जेम्स पाटिसनले २-२ विकेट लिए भने ट्रेन्ट बोल्ट र क्रुनाल पाण्डेयले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाउदै १९१ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले सर्बाधिक ७० रन बनाए । रोहितले ४५ बलमा ८ चौका र ३ छक्कासहित ७० रन बनाएर आउट भएका थिए । त्यस्तै इशान किशनले २८ रन बनाए भने सूर्यकुमार यादवले १०, केरन पोलार्डले २० बलमा आक्रामक ४७ रन  र हार्दिक पाण्डेयले ११ बलमा ३० रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्