मट्टीतेल र डिजेलको मुल्य घट्यो



काठमाडौं,असोज १६ । नेपाल आयल निगमले मट्टीतेल र डिजेलको मूल्य घटाएको छ ।

निगमले बिहीबार राती १२ बजेदेखि नै लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य १/१ रुपैयाँका दरले घटाएको हो ।

डिजेल तथा मट्टीतेलको मूल्य ८९ रुपैयाँ कायम गरिएको छ ।

पेट्रोलको मूल्य भने १०७ रुपैयाँ नै यथावत रहेको निगमले जनाएको छ ।

भारतीय आयल निगमबाट डिजेलको मूल्य घटेर आएकाले नेपालमा पनि भाउ घटाएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्