मन्त्रिपरिषद्को निर्णय : मुख्यसचिवमा वैरागी, बेलायतमा रेग्मी र अमेरिकाका लागि खतिवडा राजदूत सिफारिस



काठमाडौं असोज १५ । नेपाल सरकारले मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत सिफारिस गरेको छ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले रेग्मीलाई बेलायतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।

कार्तिकमा कार्यकाल सकिने रेग्मीले राजदूत बन्ने निश्चित भएसँगै बिहीबार राजीनामा दिएका थिए । पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेको छ ।

बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारी हाल डा दुर्गाबहादुर सुवेदीले सम्हालीरहेका छन् ।

सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए । कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्