कोरोनाबाट ज्यान जानेको संख्या १० लाख १८ हजार नाघ्यो



एजेन्सी,असोज १५ । बितेको २४ घण्टामा विश्वभर ६ हजार १८४ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख १८ हजार १९३ पुगेको अन्तरास्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विश्वभर कोरोना संक्रमितको संख्या भने ३ करोड ४१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख १२ हजार ४३३ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख ४६ हजार ५५८ पुगेको हो ।

विश्वभर ७७ लाख १५ हजार ६३१ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६६ हजार ३५ को अवस्था गम्भीर छ ।

हालसम्म विश्वभर २ करोड ५४ लाख १२ हजार ७३४ जनाले कोरोनालाई जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्