बलात्कारका आरोपीलाई कानूनी दायरामा ल्याउन सरकार लागी परेको छ : गृहमन्त्री थापा



काठमाडौं असोज १४ ।

गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटना रोक्न सरकारले निष्ठापूर्वक प्रयास गरिरहेको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले पछिल्लो समय दिनमा औसत छ सात जना बलात्कृत हुने गरेको देखिएको भन्दै यो समस्या रोक्न पहल भइरहेको बताए। गृहमन्त्री थापाले बलात्कारका घटना रोक्न पीडकको पहिचान तथा कारबाहीलाई सशक्त बनाउनुको साथै कानुनमा केही कमजोरीहरु छन् कि भन्ने विषयमा समेत बहस भइरहेको बताए ।

गृहमन्त्री थापाले देशमा बलात्कारका घटना बढे पनि विश्वका अरु देशको अवस्था तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको दाबी गरे । विश्वका दुई सय देशको अवस्था तुलना गर्दा नेपालको अवस्था राम्रो भएको तर अहिलेको अवस्था रोक्न पनि सरकारले काम गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्