काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, असोज १४ । काठमाडौं उपत्यकामा आज एकै दिन  ९ सय २ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं  उपत्यकामा ९०२ थपिएका मध्ये काठमाडौंका  ६ सय ९७ जना र ललितपुरका  १ सय १२ जना र भक्तपुरका  ९३ जना रहेका छन् ।

देशभर  १५ सय ५९  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९  सय २ जना थपिएसँगै जोखिम बढेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  जनाएका छन् । कुल १२ हजार  २ सय  ५ जनाको पिसीआर परिक्षणमा  १५ सय ५९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी बितेको २४ घण्टामा १ हजार ५७ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । हालसम्म निको भई घर फर्कनेको सख्या  ५६ हजार ४  सय २८  रहेको छ । देशभर कुल संक्रमितको सख्या ७७ हजार ८  सय  १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्