बीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृर्गौला पीडित पुरुषको मृत्यु



धरान असोज १४ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भेन्टिलेटरसहितको आईसीयूमा उपचाररत सप्तरीको राजविराज नगरपालिका–४ का ३९ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

ती पुरुषलाई असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगरस्थित गोल्डेन हस्पिटलले रिफर गरेपछि उनलाई बीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

प्रवक्ता सापकोटाका अनुसार असोज १० गते कोभिड अस्पतालमा भर्ना गरेर ती बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका रोगी रहेको डा. सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्