नेपाल आउने विदेशी पर्यटकले सात दिन क्‍वारेन्टाइन बस्नुपर्ने, पिसिआर रिपोर्ट अनिवार्य



काठमाडौं असोज १३ ।

नेपाल घुम्‍न आउने विदेशी पर्यटकले सात दिनसम्म क्‍वारेन्टाइन बस्नुपर्ने भएको छ ।

सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गरेर अनिवार्य सात क्‍वारेन्टाइन बस्नुपर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमल भट्टराईले जानकारी दिए। अक्टोबर १ देखि नेपाल आउने पर्यटकले अनिवार्य क्‍वारेन्टाइन बस्नुपर्ने उनले जानकारी दिए।

नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडि सम्मको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान राखिएको छ। यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समय सम्मको लागि हुनेछ। अनअराइभल भिसा प्राप्त हुने विन्दुमै नेपाल आउन प्राप्त गरेको भिसा वा पूर्वस्वीकृति को कागजात समेत हेरिने भएको छ।

कम्तीमा सात दिन क्‍वारेन्टाइन बस्ने गरी नेपालमा होटल बुकिङ अनिवार्य गर्नुपर्छ। त्यसको कागजातसमेत त्यही समयमा देखाउनुपर्ने भएको छ। नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजात समेत अनिवार्य गरिएको छ।

कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने सर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्