कोरोना संक्रमणबाट ६८ वर्षीया महिलाको मृत्यु



सुनसरी, असोज १३ । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिला रहेको अस्पताल श्रोतले जनाएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित उनलाई यही असोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनक बेला मंगलबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको हो ।

यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । यसअघि सोमबार पनि धरान–२ की एक ३८ वर्षीया महिलाको प्रतिष्ठानमा कोरोनाक्क कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्