वाग्मती प्रदेश सुनचाँदी व्यवसायी महासंघको सभापतिमा ज्योतिरत्न



काठमाडौं,असोज १३ । नेपाल सुनचाँदी व्यवसायी महासंघको वाग्मती प्रदेश अन्तर्गतको सभापतिमा हेटौंडाका सुनचाँदी व्यवसायी ज्योतिरत्न बज्राचार्य निर्वाचित भएका छन। सोमबार हेटौंडामा भएको वागमती प्रदेशको अधिवेशनले बज्राचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले बज्राचार्यको नेतृत्वमा १३ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ ।

अधिवेशनले उपसभापतिमा टेकबहादुर बिश्वकर्मा र रत्नसुन्दर शाक्य, सचिवमा रोहिणा देवी शाक्य र किरण भाई बज्राचार्य, कोषाध्यक्षमा रमेश बहादुर शाक्य र सहसचिवमा विवुषा शाक्य र सहकोषाध्यक्षमा उमेश रत्न शाक्य निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा मणि कुमार बिश्वकर्मा, रविन्द्र कुमार खाती, भीमराज बज्राचार्य, सुसन शाक्य, गोकर्ण न्यौपाने र उजिना शाक्य निर्वाचित भएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्यको विशेष आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्