यस्तो छ सोमबार सुनको मूल्य



काठमाडौं असोज १२ । नेपाली बजारमा सुनको मूल्य सोमबार स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि सुन तोलामा ६ सय रुपैयाँले घटेर सोही मूल्यमा कारोबार भएको थियो ।

सोमबार चाँदी तोलाको १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्