उद्योगी चन्द्र ढकाल बने कोरोना संक्रमित, स्वास्थ्य सजगता अपनाउन आग्रह



काठमाडौं असोज १२ । उद्योगी चन्द्र ढकाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार गरेको स्वास्थ्य जाँचका क्रममा सोमबार स्वास्थ्य रिपोर्ट पोजिटिभ देखिएको ढकाल आफैंले जानकारी दिएका छन् । उनले आफूलाई स्वास्थ्यमा कुनै समस्या नरहेको पनि जनाएका छन् । उनी घरमै आइसोलेसनमा बसेका छन्

केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन ढकालले सूचनामार्फत् आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्