नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४ सय ७७ पुग्यो



काठमाडौं असोज ११ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ९ पुरुष र एक महिला छन् । बाराका २० वर्षीय पुरुष, ललितपुरका ४२ र ७७ वर्षीय पुरुष, काठमाडौँका ५० वर्षीया महिला तथा ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष, बर्दियाका ६३ र ५० वर्षीय पुरुष र अछामका ३४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरानाबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्