साताको पहिलो दिन सुनचाँदीको मुल्य घट्यो



काठमाडौं असोज ११ ।

हप्ताको पहिलो दिन आइतवार सुनचाँदीको भाउ घटेको छ ।

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ । अस्ति सुन तोलाको ९३ हजार ९ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी अस्ति तोलाको एक हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्