मन्त्रिपरिषद् बैठक सम्पन्न



काठमाडौं असोज ११ ।

प्रधाानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको बैठकको एजेन्डा सञ्चारमाध्यमलाई जानकारी गराइएको थिएन ।

सम्भवतः प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को पुनर्गठनका लागि मन्त्रीहरुलाई जानकारी गराउने बारे बैठकको आह्वान गरिएको हुनसक्ने नेकपा स्रोतले जनाएको छ । लामो समयदेखिको मन्त्रिपरिषद् पुनर्गठनको कसरतमा रहेका प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच यसअघि सहमति भएको थियो ।

आइतबारको बैठकमा उपस्थित मन्त्रीहरु बाहिरिसकेका छन् । प्रधानमन्त्री र मन्त्रीहरुबीच के विषयमा छलफल भयो आधिकारिक खुलाइएको छैन । बैठक सकिएलगत्तै बाहिरिएका मन्त्रीहरुले पनि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्