मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालबीच भेटवार्ता



काठमाडौ् असोज ११ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक बस्दै छ । मन्त्रिपरिषद् बैठक आइतबार मध्यान्ह १२ बजेका लागि बोलाइएको हो ।

प्रधानमन्त्री निकट स्रोतले मन्त्री हेरफेरबारे पार्टी कमिटी (सचिवालय)ले निर्णय गरेकोले सोही अनुसार तयारी भइरहेको बताएको छ ।

यसैबीच मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा बिहान भेटवार्ता भएको छ । समसामयिक विषयमा छलफल गर्नका लागि उनीहरुबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री र अध्यक्ष दाहालले मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे छलफल यसअघिकै भेटमा भएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्