दार्चुलाको सीमा क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ: गृहमन्त्री थापा



दार्चुला असोज १० ।

गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको सीमा क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन् ।

दार्चुलाको खलङ्गामा भएको कार्यक्रममा गृहमन्त्री थापाले दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको बताउँदै गृहमन्त्रीले विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको बताए । उनले सीमाको रक्षा सरकारले मात्र गर्न नसक्ने र सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्ने पनि बताए।

गृहमन्त्री थापाले सीमा क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने बताए। व्यासमा रहेको सीमा प्रशासन कार्यालयलाई छिट्टै सञ्चालनमा ल्याउन कर्मचारी पठाउने पनि बताए।

प्रतिक्रिया दिनुहोस्