महालक्ष्मी नगरका प्रमुख र उनकी श्रीमतीमा दोस्रोपटक कोरोना संक्रमण



ललितपुर, असोज १० । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक कोरोना सङ्क्रमण पाइएको छ । दोस्रोपटक संक्रमण पुष्टिसंगै उनीहरु हाल दुवै ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेको श्रेष्ठका पारिवारिक श्रोतले जनाएको छ ।

यस्तैगरी, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँकी धर्मपत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ६ गते उहाँहरुले स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हाल महर्जन दम्पति होम आइसोलेसनमा रहेको र गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताए । उनले भने, “मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु ।”

यससंग सम्बन्धित समाचार गोरखापत्र दैनिकले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्