कोरोनाको औषधि अभाव छैन: व्यवस्था विभाग



काठमाण्डौ, असोज १० । औषधि व्यवस्था विभागले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने कुनै पनि औषधिको अभाव नरहेको उल्लेख गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार विभागका महानिर्देशक नारायण ढकालले कोरोनाको उपचारमा प्रयोग हुने कुनै पनि औषधिको अभाव नभएको उल्लेख गरेका हुन ।

सबै अस्पतालमा ती औषधिहरु रहेको बताउदै विभागका ढकालले उपचारमा प्रयोग हुने औषधिको गुणस्तरमा पनि ढुक्क हुन आग्रह पनि गरे । कोरोनाका गम्भीर बिरामीलाई चिकित्सकको निगरानीमा र बिरामीको इच्छा बमोजिम मात्र रेम्डेसिभिर दिने गरिएको उनले बताए ।

सो क्रममा महानिर्देशक ढकालले क्लिनिकल ट्रायलको रुपमा रहेको प्रमाणित भइनसकेको औषधिलाई भने औषधि व्यवस्था विभागले अनुमति नदिएको स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्