महिलाको नेतृत्व बढाउनु मात्र नभइ टिकाउनु पनि आजको चुनौती हो : मन्त्री अर्याल
काठमाडौं असोज ९ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले महिलाको नेतृत्व बढाउनु मात्र नभइ टिकाउनु पनि आजको चुनौती भएको बताएकी छन् ।
सामाजिक सेवा दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घले शुक्रबार जुममार्फत आयोजना गरेको सामाजिक क्षेत्रमा महिलाको भूमिका विषयक बहस कार्यक्रममा उनले भनिन् महिलालाई नेतृत्व तहमा ल्याउनु मात्र नभइ उनीहरुको आर्थिक विकास आजको प्रमुख आवश्यकता हो । महिलाको आर्थिक विकास नभइ समाजमा समानता आउन नसक्ने उनको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला राईले नेपालको संविधानमा महिलाको ३३ प्रतिशत नेतृत्व सुनिश्चित गर्नुअघि नै महासङ्घले यो अवधारणालाई कार्यान्वयनमा ल्याइसकेको उल्लेख गरेका छन् । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरा जैरुले महासङ्घमा आफू सुरुदेखि नै क्रियाशील रहेकाले यही संस्थामार्फत नेतृत्वमा पुगेकोमा गर्व व्यक्त गरे ।
सुदूरपश्चिम प्रदेश सभाकी सांसद पूर्णा जोशीले महिलाको सहभागिता र उनीहरुको सोच विना समुन्नत समाजको परिकल्पनासमेत गर्न नसकिने तर्क राखे । त्यस अवसरमा वन तथा वातावरण मन्त्रालयको जलवायु महाशाखाका प्रमुख डा. राधा वाग्लेले हरेक सामाजिक काममा महिलाको भूमिका र योगदान महत्त्वपूर्ण रहेको बताए । उनले भने सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।
समाज कल्याण परिषद्का सदस्य डा. मणिराम बन्जाडेले महासङ्घले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा महिलाको नेतृत्व बढाउँदै लगेको बताइन् । महासङ्घकी केन्द्रीय अध्यक्ष भारती पाठकले महिलामैत्री नीति बनाउन तीनै तहका सरकारलाई आग्रह गन् ि।