‘नन कोभिड’ बिरामीको सहज उपचारको व्यवस्था मिलाउन सुझाव



काठमाडौं असोज ८ ।

कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका कामको अनुगमन गर्न गठित संसदीय उपसमितिले प्रत्येक अस्पतालहरुमा ‘नन कोभिड’ बिरामीहरुको सहज तरिकाले उपचारको व्यवस्था मिलाउन सुझाव दिएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगत कोभिड(१९ का सन्दर्भमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिले यस्तो सुझाव दिएको हो । उपसमिति संयोजक जीवनराम श्रेष्ठले प्रतिवेदन बुझाउँदै कोभिड बाहेकका अन्य रोगका बिरामीहरुले सहज उपचार सेवा पाउन नसकेको बताउनुभयो । उपसमितिले पीसीआर रिपोर्ट तत्काल प्रदान गर्न देशभरीका प्रयोगशालालाई एकीकृत रुपमा समन्वय गर्न पनि सुझाव दिएको छ ।

पीसीआर ल्याबको क्षमताअनुसार दक्ष जनशक्तिको व्यवस्था गर्दै पूर्ण क्षमतामा ल्याब सञ्चालन गर्नुपर्ने, होम आइसोलेसनमा बसेका संक्रमितको नियमित रुपमा स्वास्थ्यकर्मीले निगरानी गर्नुपर्ने लगायतका सुझाव दिइएको संयोजक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्