जग्गा कित्ताकाट खोल्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश



काठमाडौं असोज ८ ।

जग्गा कित्ताकाट खोल्ने निर्णय असोज २० गतेसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलाशले यसअघि जारी भएको अन्तरकालीन आदेशलाई निरन्तरता दिएको हो । साथै सर्वोच्चले थप छलफल र आदेशका लागि १२ दिनपछि पेशी तोकेको छ ।

जग्गाको कित्ताकाट खुलाउने निर्णय कार्यान्वन नगर्न सर्वोच्च अदालतले भदौ २९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। बिहीबार सोही आदेशलाई निरन्तरता दिएको फैसला सार्वजनिक भएको हो । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश अनिलकुमार सिन्हाको इजलाशले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको हो।

कित्ताकाट खुलाउने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले असोज ८ गते अन्तरिम आदेशका लागि छलफलमा उपस्थित हुन आदेश दिँदै त्यो बेलासम्म निर्णय कार्यान्वयन नगर्न भनेको थियो।

भूमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते रोक्का रहेको जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो। उक्त निर्णय उर्वर भूमी मास्ने योजनाका साथ आएको भन्दै विरोध भइरहेका बेला अधिवक्ता सन्तोष भण्डारीले भदौ २८ गते रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्