लोडसेडिङ भनिएको हल्लामा सत्यता छैन : प्राधिकरण



काठमाडौं असोज ८ । नेपाल विद्युत प्राधिकरणले बेलाबेलामा विद्युत आपूर्तिमा आउने अवरोधलाई लोडसेडिङसँग नजोड्न अनुरोध गरेको छ ।

प्राधिकरणले बुधबार विज्ञप्ति निकालेर भन्यो-‘कारणबस बिजुली जाँदा लोडसेडिङ भनिएको हल्लामा सत्यता छैन ।,’ विद्युतको प्रशारण तथा वितरण संरचना जमीन माथि (ओभर हेड)बाट गएकोले प्रतिकुल मौसमका कारण कुनै कुनै स्थानमा विद्युतीय प्रणालीमा समस्या आउने गरेको प्राधिकरणले जनाएको छ।

‘नियमित रुपमा गर्नु पर्ने मर्मत सम्भार तथा प्रणाली सुधार गर्नु पर्दा विद्युत आपूर्ति बिच्छेद गर्नु पर्ने भएकोले यस्तो अबस्थामा विद्युत आपूर्तिमा निर्धारित समयसम्म अवरुद्ध हुने गर्दछ’ विज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्