नेपालमा मनसुन लम्बियो, जारी वर्ष शनिबारसम्म कायम रहने विभागको अनुमान



काठमाडौं असोज ८ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मुलुकुभर जारी वर्षा शनिबारसम्मै कायम रहने जनाएको छ ।

मौसमविद प्रतिभा मानन्धरले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताइन् । उनले भनिन्- ‘आज र भोलि देशभरि नै वर्षा हुन्छ । एकछिन रोकिने र फेरि पानी पर्ने क्रम चलिरहन्छ । केही स्थानमा अति भारी वर्षाको सम्भावना पनि छ ।’

नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन लम्बिएको छ ।

प्रतिक्रिया दिनुहोस्