काठमाडौँ उपत्यकामा थप ६३७ जनामा कोरोना संक्रमणको पुष्टि
काठमाडौं असोज ७ ।
काठमाडौँ उपत्यकामा बुधबार थप ६३७ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४९२, ललितपुरका ५० तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर ११७२ जना कोरोना संक्रमित थपिएका छन् ।