टोखामा भूमिगत गरिएको बिजुली तार पड्कियो, मर्मतमा प्राधिकरणको टोली
फाइल तस्बिर
काठमाडौं असोज ७ । काठमाडौंको टोखा नगरपालिकाको धापासीमा भूमिगत गरिएको बिजुलीको तार पड्किएको छ ।
मंगलबार राति ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अगाडि तार पड्किए हो । अस्पतालमा विद्युत आपूर्ति बन्द भएको त्यहाँको प्रशासनले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली रातदेखि नै मर्मतमा खटिएको जनाइएको छ ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने काम जारी राखेको छ । बिजुलीका तार भूमिगत गर्ने कामको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगन्जबाट गरेका थिए ।
मंगलबार राति नै लैनचौर, सामाखुसी, गोंगबु, सूर्यदर्शन हाइट, बालुवापाटी लगायतका स्थानमा पनि विद्युत् आपूर्ति बन्द भएको थियो । तर ती स्थानमा भने उपकरण फेरेर मर्मत गरेपछि राति नै विद्युत आपूर्ति सुरु भएको छ ।