आईपीएल क्रिकेटमा मङ्गलबार राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै



एजेन्सी असोज ६ ।

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत मङ्गलबार राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् ।

यी दुई टिमबीचको खेल बेलुका पौने ८ बजेपछि सुरु हुनेछ । महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चेन्नईलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

पछिल्लो पाँच भेटमा भने राजस्थानले चेन्नईविरुद्ध एकमात्र जित निकालेको छ । अघिल्लो संस्करणको दुई भेटमा चेन्नईले राजस्थानलाई हराएको थियो । राजस्थानलाई प्लेइङ ११ छान्न चिन्ता थपिँदा चेन्नई भने पहिलो खेलकै प्लेइङ ११ का साथ मैदानमा उत्रने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्