सुनको भाउमा उतारचढाब कायमै, मंगलबार तोलामा १७ सय घट्यो



काठमाडौं असोज ६ । सुनको भाउमा उतारचढाब कायम छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार ५ सय रुपैयाँमा झरेको हो ।

तोलामा १७ सय रुपैयाँले घटेसँगै मंगलबा छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्