जुम्लामा अनसनरत डा.गोबिन्द केसीलाई काठमाडौं ल्याइयो



काठमाडौं,असोज ६ । स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै जुम्लामा अनसनरत डा.गोबिन्द केसीलाई काठमाडौं ल्याइएको छ । उनको स्वास्थ्य स्थिति बिग्रदै गएको चिकित्सकहरुले बताएपछि उनलाई काठमाडौं ल्याइएको हो । यसअघि उनलाई अनसनस्थलबाट सुरक्षाकर्मीले जवरजस्ती उठाएर कर्णाली स्वास्थ्य प्रतिष्ठान लगिएको थियो ।

उनले जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका थिए ।
यसैबिच एक विज्ञप्ती जारी गर्दै उनले काठमाडौंमा अनसनलाई निरन्तरता दिने उल्लेख गरेका छन । आफूले राखेका सबै मागहरु पूरा नभएसम्म सत्याग्रह जारी रहने विज्ञप्तिमा उल्लेख छ ।

डाक्टर केसीका मागहरुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम।वि।वि।एस लगायतका कार्यक्रम संचालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने रहेका छन । यसैगरी प्रदेश नं। २ र गण्डकी प्रदश तथा डोटी ,डेडेलधुरा, उदयपुर र इलाम, पाचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिाय अघि बढाइयोस भन्ने मागहरु पनि उनको रहेको छ ।

डाक्टर केसीले आफुसंग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संसोधन गरिनुपर्ने लगायतका मागहरु राखेर अनसन सुरु गरेका हुन् । उनले १६ औ सत्याग्रह पनि जुम्लामा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्