ललितपुरमा ४ जना कोरोना संक्रमितको मृत्यु



ललितपुर असोज ३ ।

पाटन अस्पतालमा तीन जनासहित ललितपुरमा उपचाररत चार जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुरका २ जना तथा सर्लाही र भक्तपुरका १/१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । मृत्यु हुनेमध्ये सर्लाहीका ६० वर्षका पुरुष छन्। पाटन अस्पतालमा उपचारका लागि भदौ २६ गते भर्ना भएका उनको शुक्रवार मृत्यु भएको हो।

त्यस्तै, मृत्यु हुनेमा ललितपुरका २ महिला छन् । उनीहरू दुवैको पाटन अस्पतालमा मृत्यु भएको हो। जसमध्ये भदौ २० गते उपचारका लागि भर्ना भएकी ७६ वर्षकी महिला र भदौ २५ गते उपचारका लागि भर्ना भएकी ६८ वर्षकी महिला छन् । उनीहरूको पनि शुक्रबार नै मृत्यु भएको हो।

त्यस्तै,भक्तपुरकी ९० वर्षकी महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ। ललितपुरको मेघा अस्पतालमा उपचारका लागि असोज १ गते भर्ना भएकी उनको शनिबार बिहान मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्