संविधान दिवसका अवसरमा ५९४ जनालाई राष्ट्रपतिबाट सम्मान, नुवाकोटका प्रहरी प्रमुख, खेलाडी पनि



काठमाडौं ३ असोज । सरकारले पाँचौ संविधान दिवसको अवसरमा ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गर्दैछ ।

शनिबार सार्वजनिक सूचीअनुसार संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ । राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।

सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिँदै छ । संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।

सम्मान पाउने सूचीमा नुवाकोट विदुर नगरपालिका ९ की प्रशिक्षक/खेलाडी संगीना वैद्य, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्ले, इलाका प्रहरी कार्यालय खरनीटारका प्रहरी निरीक्षक कमला नराल, श्री ऐसेलुभूमे माध्यमिक विद्यालयका शिक्षासेवी नन्दराम न्यौपाने लगायत पनि छन् । उनीहरुले प्रबल जनसेवा श्री (चतुर्थ) सम्मान पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्